२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । आइएमई लाइफ इनस्योरेन्स कम्पनीले इलाममा बीमित सम्मान तथा चियापान कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ। एमडीआरटी रामबहादुर मगरको आयोजनामा सम्पन्न कार्यक्रममा १०२ जना बीमितहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कम्पनीका कोशी प्रदेश प्रमुख मिलन दाहालले शुभकामना मन्तव्य व्यक्त गर्दै जीवन बीमाको आवश्यकता र यसको महत्वबारे प्रकाश पारेका थिए । उनले बीमाले भविष्य सुरक्षित बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।
कार्यक्रमका सभाध्यक्ष एमडीआरटी रामबहादुर मगरले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे । साथै, कार्यक्रममा आइएमई लाइफ इतिहासकै पहिलो एमडीआरटी मीना गुरुङको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
उक्त कार्यक्रममा बीमा अभियन्ता, अभिकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मान, अनुभव आदानप्रदान तथा चियापानसहित सम्पन्न कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा तथा प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij