Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

घोडाबाट खसेर अभिनेता विजय बराल घाइते, सुटिङ स्थगित

घोडाबाट खसेर अभिनेता विजय बराल घाइते, सुटिङ स्थगित


  • 1.3K
    Shares

    घोडाबाट खसेर अभिनेता विजय बराल घाइते, सुटिङ स्थगित
    images

    काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।

    गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो ।

    निर्माण टिमका अनुसार उनको दाहिने हातको नाडीको जोर्नीमा फ्याक्चर देखिएपछि पोखरामा प्राथमिक उपचार र प्लास्टर गरिएको छ ।

    मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको छ । निर्देशक सरोज पौडेलले कलाकारको स्वास्थ्य नै पहिलो प्राथमिकता भएको बताएका छन् ।

    यस्तै अभिनेता विजय बरालले काम गर्ने क्रममा अचानक भएको दुर्घटनाले टिमको सेड्युल प्रभावित भएकोमा दुःख व्यक्त गरेका छन् ।

     

    images
    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - ११:२५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij