२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सरकारले नयाँ चलचित्र हल खोल्नेलाई सुरुका १० वर्ष कर छुट दिने भएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३\८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
विशेष गरी डिजिटल प्रविधिको विकास र दर्शकको बदलिँदो चाहना अनुसार सुविधासम्पन्न हलहरूको संख्या बढाउन यो नीति ल्याइएको सरकारको भनाइ छ। उपत्यका बाहिर र ग्रामीण क्षेत्रमा समेत सिनेमा हलको पहुँच पुर्याउन यो कदम कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij