Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजको राशिफलः २०८३ जेठ १४ गते बिहीवार

आजको राशिफलः २०८३ जेठ १४ गते बिहीवार


  • 673
    Shares

    आजको राशिफलः २०८३ जेठ १४  गते बिहीवार
    images

    आज २०८३ जेठ १४ गते बिहिबार, अधिक जेठ शुक्ल द्वादशी, बकर ईद, प्रदोष व्रत,  शक संवत् १९४७, नेपाल संवत् ११४६, May 28, 2026

    मेष : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । हरेक काममा स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यको महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

    वृष : शुभकार्यमा मन जानेछ । स्वास्थ्यमा समस्या हुनेछ । दाजुभाइसँग सहकार्य भए फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने दिन छ । परिवारसँग बसेर रमाइलो गर्ने योजना बन्नेछ । साथीभाइसँगको संगत फलदायी हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

    कर्कट : मन प्रशन्न हुनेछ । मिष्ठान्न भोजनको योग रहेको छ । दाजुभाइसँगको सहकार्यलेफाइदा हुनेछ । शिक्षामा उन्नती हुनेछ ।

    सिंह : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ । स्वदेशमा भन्दा विदेशतर्फ मन आकर्षित हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    कन्या : दाजुभाइसँगको सहकार्य सफल बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । आफन्तलाई खुशी पार्न समस्या हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

    तुला : दिन सामान्य छ । स्वास्थ्य समस्या देखिने जोखिम छ । यात्राको योजना बनाएको भए स्थगित गर्नु राम्रो हुनेछ । परिवारबाट भने धोका हुने जोखिम छ ।

    वृश्चिक : दिन राम्रो छ । हरेक रोगबाट मुक्त हुने दिन छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

    धनु : सञ्चित धन खर्च हुनेछ । सानो कुराले मनमा खटपटी बढ्नेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्राविधिक शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

    मकर : दैनिक काम सहजै बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । लगानीको क्षेत्रमा उत्साह बढ्नेछ । विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

    कुम्भ : दिन समान्य छ । दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरुले असहयोग गर्नेछन् । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । राजनीतिक क्षेत्रमा लगानी गरेको भए लाभ हुनेछ ।

    मीन : बोलीमा सरस्वतीको बास छ । परोपकारमा सक्रिय हुनु राम्रो हुनेछ । गुरुबाट असहयोग हुँदा मन भने दु:खी हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । ठग सक्रिय भएकाले राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ ।

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - ०१:५९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij