Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

राधी विद्युत कम्पनीले ९५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने

राधी विद्युत कम्पनीले ९५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने


  • 7.2K
    Shares

    • images
    राधी विद्युत कम्पनीले ९५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने
    images

    काठमाडौं । उच्च शेयरमूल्य राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो ।

    गत आथिक वर्षको मुनाफाबाट प्रस्तावित ३६.५ प्रतिशत बोनस पश्चात कायम हुने ६४ करोड ६४ लाख रुपैयाँको १४७.५२ प्रतिशत अर्थात १ शेयर वराबर १.४७५२ का दरमा ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निणर्य गरेको छ ।

    हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको आगामी १५ औं बार्षिक साधारण सभामा पेश गर्ने तयारी गरेको छ । हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँ पुग्नेछ ।

    विद्युत कम्पनीको नियमन गर्ने निकाय विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई बैंकको ऋण तिर्न पनि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था गर्न लागेको छ । आयोगले जलविद्युत कम्पनीको शेयरको सार्वजनिक निष्कासन पूर्व स्वीकृति सम्बन्धी निर्देशिका,२०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

    प्रकाशित मिति :जेठ १७ २०७८ सोमवार - १२:०४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij