Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त

सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त


  • 2.4K
    Shares

    सिन्धु विकास बैंकको सीईओमा गणेशकुमार केसी नियुक्त
    images

    काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्।

    आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका केसीले आजदेखि नै लागू हुने गरी बैंकको नेतृत्व सम्हालेका छन्।

    बैंकिङ क्षेत्रमा कुशल व्यवस्थापकको पहिचान बनाएका केसीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी २० वर्षभन्दा बढीको लामो कार्यअनुभव छ। यसअघि उनले मालिका विकास बैंकको सीईओ तथा कुमारी बैंक लिमिटेडको आन्तरिक लेखा परीक्षण विभागको प्रमुखका रूपमा समेत सफलतापूर्वक कार्यभार सम्हालिसकेका छन्।   

     

    images
    प्रकाशित मिति :जेठ ११ २०८३ सोमवार - १२:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij