Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण


  • 1.8K
    Shares

    कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि बैंकले उक्त डोनर बेड प्रदान गरेको हो ।

    बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरेका थिए । रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । रक्त संकलन सेवा सञ्चालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक रहने भएकोले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरुको उपस्थिती रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - १३:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij