Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

डोल्पाको कागकोटमा फोरजी सेवा सुरु, ७५० स्थानीय तहमा नेटवर्क विस्तार

डोल्पाको कागकोटमा फोरजी सेवा सुरु, ७५० स्थानीय तहमा नेटवर्क विस्तार


  • 1.8K
    Shares

    डोल्पाको कागकोटमा फोरजी सेवा सुरु, ७५० स्थानीय तहमा नेटवर्क विस्तार
    images

    काठमाडौं । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो (२०८३ जेठ ८) देखि फोरजी (4G) सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले ४ हजार २ सय मिटर उचाईमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पुगेका स्थानीय निकायको संख्या ७५० पुगेको छ । 

    यो माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो । अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा पुग्न बाँकी छ । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय निकायहरुमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिनेछ । 

    नेपाल टेलिकमको फोरजी सेवा पुगेसँगै अब सो क्षेत्रमा समेत विभिन्न अनलाइन सेवाहरू सहज रूपमा प्रयोग गर्न सकिनेछ । 

    यसबाट सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा तथा पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पु¥याउँने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ ।   

    images
    प्रकाशित मिति :जेठ १० २०८३ आइतवार - ११:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij