Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता


  • 3.5K
    Shares

    राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच सम्झौता
    images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच भएको सम्झौता बमोजिम सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२ कार्यान्वयनमा आएको छ ।  यस योजना अन्तर्गत बैंकले कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूमा कर्जा लगानी गर्ने भएको छ । 

    स्विट्जरल्याण्ड सरकारको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजना अन्तर्गत यो कार्यक्रम सञ्चालन हुन लागेको हो । कर्जा सुरक्षणका लागि कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्थापित कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषले जिम्मेवारी बहन गर्नेछ ।

    बैंकको प्रचलित नियम अनुसार साना तथा मझौला स्तरका कृषि, उद्योग र सेवा व्यवसायका क्षेत्रमा ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गरिनेछ । यस कर्जामा बैंकले न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरेको छ । 

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १६:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij