Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण


  • 1.5K
    Shares

    कामना सेवा विकास बैंकद्वारा “हाम्रो बाल संरक्षण धरोहर नेपाल” लाई शैक्षिक सामग्री वितरण
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोगँबु मार्फत “हाम्रो बाल संरक्षण धरोहर नेपाल” मा रहेका अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

    बैंकको काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्मका २८ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरे छ । उक्त कार्यक्रममा बोल्दै संस्थापक अर्यालले संस्थाका अनाथ र असहाय बालबालिकाहरुको शैक्षिक पहुँचमा बैंकले गरेको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले बालबालिकाहरुको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । यस अवसरमा बालबालिकाहरूले खुशी र उत्साह व्यक्त गर्दै बैंकप्रति आभार व्यक्त गरेका छन् ।

    कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनहरूमा पनि यस प्रकारका सामाजिक र शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । यसले समाजमा शिक्षा तथा बालबालिकाको विकासमा थप योगदान पु¥याउने अपेक्षा गरिएको छ । 

    images
    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १२:५१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij