Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

हिरासतमा रहेका सुलभ अग्रवाल अस्पताल भर्ना

हिरासतमा रहेका सुलभ अग्रवाल अस्पताल भर्ना


  • 932
    Shares

    हिरासतमा रहेका सुलभ अग्रवाल अस्पताल भर्ना
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई अस्पताल भर्ना गरिएको छ । 

    स्वास्थ्यमा समस्या आएपछि चिकित्सकहरूको सल्लाह अनुसार उनलाई अस्पतालमा भर्ना गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले बताएका छन् । ३ दिनअघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको महानिर्देशक ढकालले जानकारी दिएका छन् ।

    शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ मा विभागले नियन्त्रणमा लिएको थियो । हिमालयन रि इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा विभागले उनीमाथि अनुसन्धान गरिरहेको छ । अग्रवालले अर्का व्यापारी दीपक भट्टसँग मिलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ ।   

     

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १७:२६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij