Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थाहरुलाई व्हीलचेयर प्रदान

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थाहरुलाई व्हीलचेयर प्रदान


  • 1.5K
    Shares

    मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थाहरुलाई व्हीलचेयर प्रदान
    images

    काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै विभिन्न संस्थाहरुलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ।

    यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी-०१, कैलाली स्थित सेती प्रादेशिक अस्पताललाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ। उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा बैंकले लिएको छ।

    यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ। बैंकले गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ।

    उक्त सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

    यस प्रकारका कार्यक्रममार्फत बैंकले विशेषगरी “Good Health and Well-being” तथा “Reduced Inequalities सम्बन्धी दिगो विकास लक्ष्यहरूलाई सहयोग पुर्‍याउने विश्वास गरेको छ।    

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - ११:१४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij