Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ


  • 1.1K
    Shares

    वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने चारजना पक्राउ
    images

    काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरूमा ३० वर्षीय दिपेश गुरुङ र २४ वर्षीय सौगात गुरुङ रहेका छन् । उनीहरूले टर्की पठाइदिने भन्दै ८ जना पीडितहरूबाट कुल ८६ लाख २२ हजार ५७० रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरूलाई जेठ ५ गते काठमाडौँको सामाखुसी क्षेत्रबाट पक्राउ गरिएको हो ।

    साइप्रस पठाइदिने भन्दै एकजना पीडितबाट ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पाँचथर फिदिमका ४८ वर्षीय सूर्य प्रकाश खेजुम पक्राउ परेका छन् । उनलाई ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिइएको हो ।

    लिथुआनिया पठाइदिने भन्दै १ लाख ९३ हजार रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोक भुम्लुकी ३३ वर्षीया शान्ति श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई जेठ ६ गते काठमाडौँको ज्ञानेश्वरबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

    पक्राउ परेका सबैले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई लामो समयसम्म झुक्काएर राखेको र रकम लिएपछि सम्पर्कविहीन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।    

    233_hPGB45GVfM.jpg

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १०:४१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij