२०८३ कार्तिक ३ गते सोमवार
काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा सिफारिस गरिएको छ।
सशस्त्र प्रहरी डीआईजी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएकाले उनको स्थानमा खड्कालाई बढुवा सिफारिस गरिएको हो।
जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा, खड्कालाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।
उक्त सिफारिमास चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने जनाइएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij