Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ बाट सम्मानित

सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ बाट सम्मानित


  • 2.0K
    Shares

    सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ बाट सम्मानित
    images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवाड्र्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी)द्वारा थाइल्यान्डको बैंककमा आयोजित समारोहका बीच यो पुरस्कार घोषणा गरिएको हो।

    आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी र प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा हर्षोल्लासका साथ ग्रहण गरिएको छ। यो गरिमामय पुरस्कारले सिटिजन लाइफको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, परिष्कृत डिजिटल प्रविधि र आमनागरिकमाझ जीवन बीमाको पहुँच पुर्याउन खेलेको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रियस्तरमा पुनः प्रमाणित गरेको छ।

    विगतका दिनहरुमा झैँ आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ बढी सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै हरेक नेपालीको सुख–दुःखको सारथी बन्न सिटिजन लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको छ।  


     

    images
    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १४:४८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij