Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

रास्वपा सांसद र विदेशी युवतीको सम्बन्धको विषय संसद्‍मा प्रवेश

रास्वपा सांसद र विदेशी युवतीको सम्बन्धको विषय संसद्‍मा प्रवेश


  • 953
    Shares

    रास्वपा सांसद र विदेशी युवतीको सम्बन्धको विषय संसद्‍मा प्रवेश
    images

    काठमाडौं । प्रतिनिधि सभा बैठकमा विदेशी महिलालाई गर्भवती महिलालाई बनाएर अलपत्र पारेको विषय उठेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नाइजेरियन महिलालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले गर्भवती बनाएको विषय उठाएका हुन् ।

    मोरङ-२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले ती महिलालाई प्रेम जालमा पारेर गर्भवती बनाएर अलपत्र पारेर भागेको विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यो विषय सदनमा उठाउँदै सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो सदनमा स्पष्ट पार्न आग्रह गरिन् ।

    सांसद विकले भनिन्, ‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ । यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ’ । 

    त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् । उनले विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् । उनले सदनलाई यथाशीघ्र सत्यतथ्य जानकारी गराउन आग्रह गरिन् ।   

      

    प्रकाशित मिति :जेठ ५ २०८३ मंगलवार - १३:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij