Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

मंगलम इन्डष्ट्रिजले कोरोनाबाट मृत्यु भएका कर्मचारीका परिवारलाई १ वर्षको तलब दिने

मंगलम इन्डष्ट्रिजले कोरोनाबाट मृत्यु भएका कर्मचारीका परिवारलाई १ वर्षको तलब दिने


  • 7.4K
    Shares

    • images
    मंगलम इन्डष्ट्रिजले कोरोनाबाट मृत्यु भएका कर्मचारीका परिवारलाई १ वर्षको तलब दिने
    images

    काठमाडौँ । मंगलम पाइप्सले कोरोना संक्रमणबाट मृत्यु भएका आफ्ना कर्मचारीहरुका श्रीमान र श्रीमती वा परिवारलाई आगामी १२ महिनाको तलव उपलब्ध गराउने भएको छ ।

    मंगलम इन्डष्ट्रिज प्रालिले मंगलम केयर नामक आहवान्को सुरुवात गरेको हो । मंगलम इन्डष्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, 'मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्ति हुन् । मंगलम पाइप्सको प्रारम्भिक दिनहरु देखि नै आफ्नो कर्मचारीहरुको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ । हामी आशा गर्दछौँ मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केहि मद्दत पुर्‍याउने छ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामनागर्न चाहन्छौं ।'

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १३:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij