Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

माछापुच्छ्रे बैंकले ८ वटा शाखा गाभ्ने

माछापुच्छ्रे बैंकले ८ वटा शाखा गाभ्ने


  • 1.4K
    Shares

    माछापुच्छ्रे बैंकले ८ वटा शाखा गाभ्ने
    images

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी साउन १८ गतेदेखि आफ्ना विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालयहरूलाई नजिकका शाखाहरूमा समायोजन गर्ने भएको छ ।

    यस प्रक्रिया अन्तर्गत चितवनको हाकिमचोक शाखालाई नारायणगढमा र काठमाडौंको बालाजु शाखालाई गोंगबुमा गाभिनेछ । त्यस्तै, खुसीबुलाई डल्लु, कलंकीलाई स्वयम्भु, कोटेश्वरलाई नयाँ बानेश्वर र ठमेल शाखालाई दरबारमार्ग शाखामा समायोजन गरिने बैंकले जनाएको छ ।

    गण्डकी प्रदेशको लामाचौर शाखा बगरमा र मधेश प्रदेशको वीरगञ्ज लिंकरोड शाखा आदर्शनगर शाखामा समाहित हुने भएका छन् । शाखा समायोजन भए तापनि ग्राहकहरूले तोकिएको नजिकको शाखाबाट बिना झन्झट सम्पूर्ण बैंकिङ सुविधाहरू निरन्तर प्राप्त गर्न सक्ने बैंकले स्पष्ट पारेको छ ।  

    images
    प्रकाशित मिति :जेठ ४ २०८३ सोमवार - १२:१२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij