Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आईसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने

आईसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने


  • 3.1K
    Shares

    आईसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका खेल्ने
    images

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा रहँदा अमेरिका भने आफ्नो विजयी लयलाई निरन्तरता दिने उद्देश्यमा रहेको छ ।

    लिग–टु अन्तर्गत यसअघि भएका दुई खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको छ । विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

    अहिलेसम्मका २५ खेलमा नेपाल ८ मा जित, १५ मा हार तथा दुई खेल अनिर्णितसहित १८ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ । समान खेलबाट अमेरिका १८ जित र सात हारसहित ३६ अंकसहित दोस्रो स्थानमा छ ।

    शीर्षस्थानमा रहेको स्कटल्याण्ड ३० खेलबाट ३८ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले आफ्नो तेस्रो जेठ ४ गते स्कटल्याण्डसँग र चौथो खेल जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

    images
    प्रकाशित मिति :जेठ २ २०८३ शनिवार - ०८:३२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij