Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

सभामुख अर्याल र जापानी राजदूत तोरुबिच शिष्टाचार भेटवार्ता

सभामुख अर्याल र जापानी राजदूत तोरुबिच शिष्टाचार भेटवार्ता


  • 862
    Shares

    सभामुख अर्याल र जापानी राजदूत तोरुबिच शिष्टाचार भेटवार्ता
    images

    काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरुबिच शिष्टाचार भेटवार्ता भएको छ। 

    भेटका क्रममा नेपाल र जापानबिचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ।

    सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल-जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे। उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखेका छन्।

    भेटका क्रममा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्त्व दिएको उल्लेख गरेका छन्। उनले दुई देशबिचको आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।   

     

    प्रकाशित मिति :जेठ १ २०८३ शुक्रवार - १६:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij