Logo

२०८३ बैशाख ३० गते बुधवार

२०८३ बैशाख ३० गते बुधवार

खोलामा गाडेको अवस्थामा भेटियो दाजुभाइको शव

खोलामा गाडेको अवस्थामा भेटियो दाजुभाइको शव


  • 379
    Shares

    खोलामा गाडेको अवस्थामा भेटियो दाजुभाइको शव

    काठमाडौं । नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा हत्या गरेर खोलामा गाडेको अवस्थामा दुई वटा शव फेला परेको छ । प्रहरीले शंकास्पद फरार व्यक्तिको खोजी थालेको छ । 

    म्यागङ गाउँपालिका-४ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको खोलामा वुधवार दिउँसो हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृतकहरु म्यागङ गापा-४ किम्ताङका ३६ वर्षीय सूर्यमान तामाङ र ४३ वर्षीय सोमनाथ तामाङ रहेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिएका छन् । 

    उनका अनुसार मृतकहरु दुवै जना दाजुभाइ हुन् । आशंकित व्यक्ति स्थानीय ३५ वर्षीय धने तामाङ फरार रहेकाले उनको खोजी भइरहेको डीएसपी लामाले वताएका छन्  । मंगलवार राति स्थानीयवासीले गोली पड्केको जस्तो आवाज सुनेको बताएकाले घटनामा गोली प्रहार भएको आशंका गरिएको नुवाकोट प्रहरीले जनाएको छ । 

    घटनाको जानकारी पाए लगत्तै विदुरस्थित जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी चौकीवाट प्रहरी टोली घटनास्थल पुगी खोलामा गाडीएको अवस्थामा शव वरामद गरिसकेको छ । मृतकहरु र आशंकित धने निर्माणसम्वन्धी काम गर्दै आएको स्थानीयवासीले बताएका छन् । एकाघरका दाजुभाइको हत्या भएपछि सूर्यमान र सोमनाथको गाउँकै शोकमा डुवेको छ ।
     

    images
    प्रकाशित मिति :बैशाख ३० २०८३ बुधवार - १७:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij