Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण, कुन क्षेत्रमा कति बजेट विनियोजन गरे ?

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण, कुन क्षेत्रमा कति बजेट विनियोजन गरे ?


  • 14.7K
    Shares

    आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण, कुन क्षेत्रमा कति बजेट विनियोजन गरे ?
    images

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८ र७९ को  बजेट भाषण शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि अध्यादेश मार्फत बजेट ल्याइएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषण गरिरहेका छन् । उनले आफ्नो भाषणमा विशेष गरी कोभिड माहामारीलाई प्राथमिकता दिइएको बताएका छन् ।

    कोभिड विरुद्धको खोप खरिद गर्न २६ अर्व ७५ करोड विनियोजन, औषधि खरि गर्न ५ अर्व बजेट ।

    कोरोना  संक्रमितको उपचारका लागि ४ अर्ब बजेट विनियोजन  विनियोजन भएको छ ।  सबै स्थानिय निकायमा स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्व ५० करोड विनियोजन ।

    निषेधाज्ञा अवधिभर विद्युत् महशुलमा २० युनिटसम्म शतप्रतिशत छूट दिने भएको छ । साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट दैनिक उपभोग्य सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट दिइने । 

    शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण दिइने घोषणा गरेका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । 

    १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

    ३९७ ओटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउन ६ अर्ब १५ करोड विनियोजन भएको छ । गरिबी निवारण कोष खारेज गरेको छ । 

    प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन बजेट विनियोजन भएको छ ।
    दुई लाख रोजगारी सिर्जना गरिने भएको छ । 

    सामाजिक सुरक्षा कोष अन्तर्गत जेठ असारको योगदान रकम सरकारले व्यहोर्ने भएको छ ।

    सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने भएको छ । 

    गरिबी निवारण कोषलाई सहकारीमा परिणत गर्ने घोषणा गरेको छ । 

    प्रकाशित मिति :जेठ १५ २०७८ शनिवार - १७:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij