२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो।
बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ। ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ट्रम्पको यो कदमले बजारमा केही राहत दिए पनि अमेरिका र इरानबिच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलर माथि नै रहेको छ।
यसैबिच, पेट्रोलियम निर्यातक देशहरूको संगठन ९ओपेक प्लस० ले जुन महिनाका लागि तेल उत्पादनको लक्ष्य दैनिक १ लाख ८८ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij