Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

सुकुम्वासीको मृत्युबारे रवि : अनुसन्धानकाे रिपोर्ट नआइकन नबाेलाैँ

सुकुम्वासीको मृत्युबारे रवि : अनुसन्धानकाे रिपोर्ट नआइकन नबाेलाैँ


  • 540
    Shares

    सुकुम्वासीको मृत्युबारे रवि : अनुसन्धानकाे रिपोर्ट नआइकन नबाेलाैँ

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले दुई सुकुम्वासीको दु:खद् मृत्यूको घटनामा तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । अनुसन्धानको प्रक्रिया चलिरहेको हुँदा अहिल्यै बोल्न नमिल्ने उनको भनाइ छ ।

    आज सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भने, ‘पहिले अनुन्धानको रिपोर्ट हेरौं । सञ्चारमाध्यममा आएको आधारमा मात्रै बोल्नु उचित हुँदैन ।’

    रास्वपा र सरकारले देशका कुनै पनि नागरिक घरबारविहिन नहुने सुनिश्चित गरेको उनले दावी गरे । यद्यपि, बस्ती खाली गर्दा प्रक्रियागतरुपमा केही त्रुटि भएको हुनसक्ने उनको भनाइ छ ।

    लामिछानले भने, ‘हामी यसको समाधानका लागि काम गरिरहेका छौं । प्रक्रियामा तलमाथि भएको हुनसक्छ । यो भन्दा राम्रो तरिकाले पनि गर्न सकिन्थ्यो होला । तर, देशको कोही पनि नागरिक घरबारविहिन हुनुहुने छैन । केही समय मात्रै दु:ख हुन्छ ।’

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १८:५१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij