२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशिल रहेको बताएका छन्। उनले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताएका हुन्।
उनका अनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारले नयाँ शुरुवातको संकेत दिन खोजिरहेको बताएका छन् ।
उनका अनुसार रास्वपा सरकारले ‘फोहोर सफा’ गर्दैछ । त्यो फोहोर विवेक पु¥याएर सावधानीपूर्वक गर्न लागिएको उनले बताएका छन् । रास्वपा पार्टी सभापति रवि लामिछानेको भनाइ यो वर्ष खिल निकाल्ने वर्षलाई स्मरण गर्दै वाग्लले यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्ने बताएका छन्।
अर्थमन्त्री वाग्लले भने, यो ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको यो अपवित्र सम्बन्ध अब अन्त्य हुनुपर्छ । हामी एउटा नयाँ र स्वच्छ सुरुवातको संकेत दिन चाहन्छौँ । अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij