Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

एसईई दिएका विद्यार्थीका लागि एनसेलको विशेष योजना: निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

एसईई दिएका विद्यार्थीका लागि एनसेलको विशेष योजना: निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा


  • 631
    Shares

    एसईई दिएका विद्यार्थीका लागि एनसेलको विशेष योजना: निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

    काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ ।

    यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन् ।

    विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग मा २८ दिनका लागि निःशुल्क पहुँच पाइने एनसेलले जनाएको छ ।

    मेरो स्कुलु एक डिजिटल लर्निङ प्लेटफर्म हो, जहाँ अनलाइन सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडिओ सामग्रीहरू उपलब्ध छन् । त्यसैगरी जीपीएल एक गेमिङ पोर्टल हो, जहाँ एचटीएमएलमा आधारित विभिन्न खेलहरूको मजा लिन सकिन्छ ।

    पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउँछन्, अर्थात् ग्राहकले खल्ती प्रयोग गर्दा कुनै डाटा शुल्क नलाग्ने एनसेलले जनाएको छ ।

    साथै यो सिम लिएका ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य ५०० एमबी बोनस डाटासमेत पाउँछन् । एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट सजिलै पहिलो सिम लिन सक्छन् ।

    सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपीसहित नजिकको एनसेल सेन्टरमा जानु पर्दछ । आवश्यक प्रमाणीकरणपछि सिम सक्रिय हुनेछ ।

    एनसेलले एसईईका विद्यार्थीहरूका लागि सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित आफ्नो लोकप्रिय ‘पहिलो सिम’ अफरलाई यो वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १३:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij