२०८३ बैशाख ५ गते शनिवार
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बोर्ड बैठकमा उनले राजीनामा दिएर सरकारलाई सहयोग गर्न खोजेको बताएका थिए ।
त्यसपछि उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा दिएका हुन् । अर्थमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार श्रेष्ठले भर्खरै राजीनामा बुझाएर बाहिरिएका छन् ।
उनी २०८१ मंसिर १० गते बोर्डको अध्यक्ष बनेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij