Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

मूल्य बढाउँदा पनि आयल निगमलाई अझै पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी

मूल्य बढाउँदा पनि आयल निगमलाई अझै पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी


  • 2.1K
    Shares

    मूल्य बढाउँदा पनि आयल निगमलाई अझै पाक्षिक सात अर्ब ८१ करोड नोक्सानी
    images

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बिहीबार (वैशाख ३) गते बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

    डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रूपैयाँले बढाएको हो । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ पनि मूल्यवृद्धि गरिएको जनाएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

    मूल्य बढेसँगै डिजेल र मट्टीतेल प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ पुगेको छ । निगमले गएको चैत ३० गते पनि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको थियो । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

    लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजेलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । 

    पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँबराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ०९:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij