Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

अब सेयर बजार बन्द भएपछि पनि अर्डर हाल्न मिल्ने

अब सेयर बजार बन्द भएपछि पनि अर्डर हाल्न मिल्ने


  • 505
    Shares

    अब सेयर बजार बन्द भएपछि पनि अर्डर हाल्न मिल्ने

    काठमाडौं । अब सेयर बजार बन्द भएपछि पनि किनबेच आदेश (अर्डर) हाल्न मिल्ने भएको छ।

    धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबारसम्बन्धी विनियमावली संशोधन स्वीकृत गरेसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आउने भएको हो। 

    धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रस्ताव पारित गरेसँगै अब 'आफ्टर मार्केट अर्डर' (एएमओ) प्रणाली लागु हुने भएको हो। नयाँ व्यवस्थाअनुसार साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म अर्डर राख्न मिल्नेछ। 

    विशेषगरी वैदेशिक रोजगारीमा रहेका तथा समयान्तरका कारण नियमित कारोबार समयमा सहभागी हुन नसक्ने लगानीकर्तालाई लक्षित गर्दै यस्तो सुविधा ल्याइएको हो। 

    लगानीकर्ताले सो दिनको क्लोजिङ प्राइसको प्लस–माइनस २ प्रतिशतको सीमाभित्र रहेर अर्डर राख्न सक्नेछन्। यससँगै बजार उच्च उतारचढाव हुँदा लाग्दै आएको सर्किट ब्रेकरसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। 

    अब कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेक लाग्नेछ। त्यसपछि पुनः खुलेको बजार ८ प्रतिशतले बढे वा घटेमा भने सो दिनका लागि कारोबार पूर्ण रूपमा बन्द हुनेछ।

    हाल बजारमा तीन पटकसम्म सर्किट ब्रेक लगाइने गरिएको छ। हालको व्यवस्था अनुसार पहिलो एक घण्टामा ४ प्रतिशतले बजार घटबढ भए सर्किट ब्रेक लागेर २० मिनेट कारोबार राकिन्थ्यो। बजार खुलेको दुई घण्टाभित्र ५ प्रतिशत बढेमा त्यसपछि ४० मिनेटका लागि कारोबार रोकिने गर्दथ्यो। जुनसुकै समयमा बजार ६ प्रतिशतले बढे दिनभरका लागि बन्द हुने गर्दथ्यो। 

    त्यसैगरी, सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढावको सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरिएको छ। प्रि–ओपन सेसनमा भने २ प्रतिशतको सट्टा ३ प्रतिशतसम्म मूल्य परिवर्तनको आधारमा अर्डर राख्न पाइने व्यवस्था गरिएको छ।

    नेप्सेले भने यस्तो कारोबारमा ५ प्रतिशतसम्म थपघट गरेर मूल्य राख्न सकिने प्रस्ताव गरेको थियो।

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - २०:५२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij