Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने निर्णय

कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने निर्णय


  • 1.7K
    Shares

    कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने भएको छ । कांग्रेसमा दलको नेता चयनका लागि पार्टीले निर्वाचन समिति बनाउने व्यवस्था छ । 

    त्यही व्यवस्था अनुसार सभापति गगन थापाले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको नेतृत्वमा दलको नेता चयनका लागि निर्वाचन समिति बनाएका छन् । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटुवाल सदस्य रहेका छन् । त्यो निर्वाचन समितिले नयाँ वर्ष २०८३ लागेपछि मात्रै दलको नेता चयन गर्ने बताएको छ।

    निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले दलको नेता नयाँ वर्ष लागेपछि मात्रै चयन गर्ने तयारीमा आफूहरू रहेको जानकारी दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिट जितेको छ । 

    सांसदहरूका अनुसार सहमतिका लागि नेताहरूले अनौपचारिक छलफल समेत सुरु गरेका छन् । आकांक्षीहरूमध्य प्रमुख सचेतक, उपनेता र प्रमुख प्रतिपक्षी दलले पाउने प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति बनाउने आश्वासन दिएर भए पनि मिलाउने प्रयास जारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन् । 

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १६:१५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij