Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

स्याङ्जामा जिप सडकबाट खस्दा ११ जना घाइते

स्याङ्जामा जिप सडकबाट खस्दा ११ जना घाइते


  • 421
    Shares

    स्याङ्जामा जिप सडकबाट खस्दा ११ जना घाइते

    काठमाडौं । स्याङ्जामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

    सोमबार साँझ बिरुवा गाउँपालिका-४ मडकिनास्थित घुम्ती-बिरुवा सडक खण्डमा ग १ ज ७०८४ नम्बरको जिप दुुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

    पुतलीबजारबाट बिरुवातर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेर दुर्घटना भएको डीएसपी प्रशन्न राज चौधरीले जानकारी दिएका छन्। 

    जिपमा चालकसहित १५ जना सवार थिए। घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीलाई बढी चोट लागे पनि खतरामुक्त रहेका स्वास्थ्यकर्मीले बताएका छन्।  

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - ११:१८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij