Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने


  • 491
    Shares

    फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

    काठमाडौं । पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङले आफू नै ठगिएको दाबी गरेका छन् । जग्गाधनीले मापदण्डभित्रको जग्गा भन्ने तथ्य लुकाएर आफूलाई लिजमा दिएको भन्दै मन्त्री गुरुङले कानुनी उपचारमा जाने बताएका हुन् । 

    गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८-१० वर्षअघि पोखरामा साहसिक पर्यटन प्रवर्द्धनका लागि भनेर उनले योजना बनाएका थिए।

    जग्गा भाडामा लिने बेला जग्गाधनीहरूले उक्त जग्गा मापदण्डभित्र नपर्ने भनी विश्वास दिलाएको गुरुङको दाबी रहेको छ। मन्त्री गुरुङले भने, लालपूर्जामा समेत जग्गा सुरक्षित देखाइएको थियो, तर पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ हामीलाई झुक्याएर ठगिएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ ।

    एउटा युवा उद्यमीको रूपमा आफ्नो सपना र लगानीमाथि खेलबाड भएको भन्दै उनले यो अन्याय विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन् । यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले यो विषयलाई लिएर गृहमन्त्रीमाथि आजै प्रश्न उठाएका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो पोस्ट लेख्दै साम्पाङले गृहमन्त्रीको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गरेका थिए ।

    साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै तत्काल पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन मन्त्री गुरुङलाई आग्रह गरेका थिए।गुरुङलाई जग्गा भाडामा दिने धनीले आफूले ५ वर्षदेखि भाडा नपाएको बताएका थिए ।  

     

    images
    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - ११:१६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij