२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई धितोपत्र कारोबारमा लगानी गर्न कडाइ गरेको हो ।
राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयर खरिद गरेर कम्तिमा पनि एक वर्षभन्दा पहिला विक्रि गर्न पाउने छैनन । सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा कम अवधिको लागि लगानी नपाइने परिपत्रमा उल्लेख गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले लगानी गरेकामध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने छन ।
विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij