Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग

जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग


  • 869
    Shares

    जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग

    काठमाडौं । रामानन्दीय वैष्णव संघले जानकी नवमीको अवसरमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।

    संघका अध्यक्ष रामरोशन दासले जानकी नवमी धार्मिक आस्था मात्र नभई नेपालको पहिचान, संस्कृति र पर्यटनसँग प्रत्यक्ष जोडिएको विषय रहेकाले महत्व बुझेर राष्ट्रिय विदा दिन माग गरेका हुन्। अध्यक्ष दासले माता जानकीको जन्मभूमि जनकपुरधाम विश्वभरका हिन्दु श्रद्धालुहरूको आस्थाको केन्द्र रहेको उल्लेख गर्दै यस्तो ऐतिहासिक तथा धार्मिक धरोहरलाई राष्ट्रिय स्तरमा उचित सम्मान दिनुपर्ने बताए । 

    अध्यक्ष दासले सरकारले दशैँ, तिहार, बुद्ध जयन्ती जस्ता पर्वहरूमा विदा दिँदै आएको सन्दर्भ उल्लेख गर्दै जानकी नवमी जस्तो ऐतिहासिक पर्वलाई उपेक्षा गर्नु न्यायोचित नहुने धारणा राखेका छन् । संघले यस विषयमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराउँदै छिटो निर्णय लिन आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १६:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij