Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केएमसी पुगे गृहमन्त्री गुरुङ

जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केएमसी पुगे गृहमन्त्री गुरुङ


  • 442
    Shares

    जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केएमसी पुगे गृहमन्त्री गुरुङ

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूको  स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

    गएराति उनले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । सो क्रममा अधिकांश घाइतेहरूको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा सुनिल शर्मालाई गृहमन्त्री गुरुङले धन्यवाद दिए। 

    मन्त्री गुरुङ गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्ने बित्तिकै सिधै केएमसी अस्पताल पुगेका थिए ।  डा। सुनिल शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्था समेत बुझेका थिए । 

    अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा शर्माले बताए । 

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १२:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij