Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी


  • 1.3K
    Shares

    निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरेका छन् । 

    महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५ सय  २७ मत प्राप्त गर्दा प्रतिस्पर्धी बलिभद्र रानाले ३ सय ८० मत प्राप्त गरेका छन् । कोशी प्रदेश उपाध्यक्षमा धिरेन्द्र दाहाल, मधेस प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा शहदेव खड्का, कर्णाली प्रदेश उपाध्यक्षमा हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाशबहादुर शेट्टी विजयी भएका छन् । 

    नीतिगत उपमहासचिवमा मङ्गल शाही विजयी भएका छन् । आन्तरिक उपमहासचिवमा सन्तोष शाह, महिलातर्फको उपाध्यक्षमा गङ्गा पोखरेल विजयी भए भने कोषाध्यक्षमा उज्ज्वल गौतम विजयी भएका छन् । सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन् । 

     

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १०:११:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij