Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश

ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश


  • 372
    Shares

    ओली-लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

    लेखकको बयान लिने काम सकिसकेको छ। ओलीको भने बयान लिने काम जारी नै छ। ‘... पूर्व गृहमन्त्री रमेश लेखकको अनुसन्धानको क्रममा बयान सम्पन्न भएको देखिएको र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान गर्ने कार्य भइरहेको भन्ने उल्लेख भएको हुँदा उनको बयान कार्य सम्पन्न गर्ने समेतका अनुसन्धान कार्य गर्नको लागि प्रतिवादीहरूलाई हिरासतमा राखी अनुसन्धान गर्न चैत १९ गतेबाट लागु हुने गरी दुई दिन म्याद थप गरिदिएको छ,’ आदेशमा भनिएको छ।

    यसअघि आइतबार जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। उक्त म्याद बुधबार सकिएको थियो। आदेशमा ओलीको स्वास्थ्य अवस्था जटिल रहेको भनेर म्याद थपको क्रममा श्रव्यदृश्य माध्यमबाट व्यक्त गरेको पनि उल्लेख छ। बयान सकेपछि भने उनको स्वास्थ्य उपचार समेतलाई असर नपर्ने गरी अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ।

    भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुबै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१  र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो। दफा १८१ मा लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुर र दफा १८२ मा हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुर भनिएको छ।

    लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। त्यस्तै, हेल्चेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

    images
    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १९:१७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij