Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही


  • 400
    Shares

    प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं : ज्ञानेन्द्र शाही

    काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् ।

    बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका छन् ।

    उनले भने, ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ खर्ब खर्च हुने अवस्था छ । राजनीतिक दलका कार्यकर्ता सेटल्मेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्‌बाट यही सरकारले खारेज गर्छ भने दुई तिहाइ बहुमत पुर्‍याउन १८४ चाहिन्छ १८७ हामी पुर्‍याउँछौं,’।

    सांसद शाहीले देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ८० लाखभन्दा बढी युवा विदेशिन बाध्य भएको र रेमिट्यान्सले मात्र देश धानिएको यथार्थ प्रस्तुत गरेका छन्।

    यसका साथै, उनले निर्मला पन्तदेखि इन्साफ बिकसम्मका घटनामा न्याय पाउन नसकेको भन्दै न्याय प्रणालीमाथि प्रश्न उठाएका छन्।

     

     

    images
    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १६:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij