Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

हामीलाई जनताले यहाँ गफ गर्न र समय खेर फाल्न पठाएका होइनन्: हर्कराज साम्पाङ

हामीलाई जनताले यहाँ गफ गर्न र समय खेर फाल्न पठाएका होइनन्: हर्कराज साम्पाङ


  • 540
    Shares

    हामीलाई जनताले यहाँ गफ गर्न र समय खेर फाल्न पठाएका होइनन्: हर्कराज साम्पाङ

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। 

    बिहीबारको पहिलो संसद् बैठकमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

    बैठक ढिला भएको प्रसङ्ग उठाउँदै सांसद राईले जनताले जनप्रतिनिधिलाई काममा ढिलासुस्ती गर्न नपठाएको स्मरण गराएका छन्।

    ‘जनताले ढिला गर भनेर हामीलाई पठाएको होइन, तर आज बैठक ढिला भयो,’ संसदमा बोल्दै उनले भने, ‘नेपाल हो, यहाँ ढिला गरेपनि हुन्छ भन्ने भाष्य लिएर हामी बसेका छौँ। हामीले उन्नति गर्न नसकेको मुख्य कारण नै यही हो।’

    देश विकासको सुरुवात समयको कदर र अनुशासनबाटै हुनुपर्ने भन्दै उनले संसदको आगामी बैठकहरूमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण गराएका छन् । 

    उनले भने, ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।  

     

    images
    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १५:४५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij