Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने काँग्रेसको निर्णय

जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने काँग्रेसको निर्णय


  • 435
    Shares

    जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने काँग्रेसको निर्णय

    काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानून मिचिएमा सचेत गराउने निर्णय गरेको छ । 

    नयाँ निर्वाचित संसदको पहिलो संयुक्त संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय सभाका सचेतक किरणबाबु श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । सिंहदरबारमा बसेको बैठकमा पार्टीको आगामी भुमिका र संसदमा सांसदहरूको सक्रियताका विषयमा घनिभुत छलफल भएको उनले बताएका छन्। 

    तर सरकारले कतै विधि र कानून मिच्ने ढंगले जनता र देशलाई अहित हुने कुरा ल्याएमा काँग्रेसले कडा रूपमा सचेत गराउने उनको भनाइ छ । बैठकमा संसदमा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ । 

    सचेतक श्रेष्ठकाअनुसार बैठकमा पार्टीको संयुक्त संसदीय दलको बैठकले आगामी दिनमा संसदमा खेल्नुपर्ने भुमिका र जनताका जल्दाबल्दा समस्याहरूलाई कसरी उठाउने भन्नेमा साझा धारणा बनाएको छ ।   

    images
    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १४:०५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij