Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

बचत फिर्ताका लागि सहकारी पीडितसँग मन्त्री रावलले सुरु गरिन् संवाद

बचत फिर्ताका लागि सहकारी पीडितसँग मन्त्री रावलले सुरु गरिन् संवाद


  • 428
    Shares

    बचत फिर्ताका लागि सहकारी पीडितसँग मन्त्री रावलले सुरु गरिन् संवाद

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी संस्थाबाट ठगिएका पीडितहरूसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । 

    सरकारले आगामी सय दिनभित्र साना सहकारी बचतकर्ताहरूको डुबेको रकम फिर्ता गराउने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई कार्यान्वयनमा ल्याउन र पीडितका वास्तविक समस्या सुन्न मन्त्री रावलले संवादको थालनी गरेको जनाइएको छ ।

    मन्त्रालयमा आयोजित छलफलमा ‘पीडित बचतकर्ता अभियान राष्ट्रिय महासङ्घ’ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    जवाफमा मन्त्री रावलले सहकारी समस्या समाधान गर्न सरकार गम्भीर रूपमा लागिपरेको बताएकी छन् ।   

    images
    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १२:३३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij