Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

इराकमा गोरखाकी रिता भुजेलसहित दुई नेपालीको मृत्यु

इराकमा गोरखाकी रिता भुजेलसहित दुई नेपालीको मृत्यु


  • 1.9K
    Shares

    इराकमा गोरखाकी रिता भुजेलसहित दुई नेपालीको मृत्यु

    काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा इराकको कुर्दिस्तान क्षेत्रमा रहेका दुई जना नेपाली नागरिकको मृत्यु भएको छ। २८ मार्च का दिन कुर्दिस्तानको एर्बिल र सुलेमानिया सहरमा उनीहरूको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनए इराकले जनाएको छ ।

    एनआरएनए इराकले दिएको विवरणअनुसार मृत्यु हुनेमा गोरखाकी रिता भुजेल र लमजुङका लेखमान घले रहेका छन्।

    भिमसेनथापा गाउँपालिका- ३, तान्द्राङ (गोरखा) घर भएकी रिता भुजेल सुलेमानिया सहरस्थित आफू बस्ने कोठामै मृत अवस्थामा फेला परेकी हुन्। उनी विगत १० वर्षभन्दा लामो समयदेखि इराकको कुर्दिस्तानलाई कर्मथलो बनाएर त्यहाँ कार्यरत थिइन्।

    त्यसैगरी, कुर्दिस्तानकै अर्को सहर एर्बिलमा लमजुङका लेखमान घलेको मृत्यु भएको छ। लमजुङको दोर्दी–५, पाचोक घर भएका घलेको एर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरु कुन स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए भन्नेबारे खुलाइएको छैन । 

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - २१:४४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij