Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

पूर्णबहादुर खड्कालाई कांग्रेसले गरायो सचेत

पूर्णबहादुर खड्कालाई कांग्रेसले गरायो सचेत


  • 421
    Shares

    पूर्णबहादुर खड्कालाई कांग्रेसले गरायो सचेत

    काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समिति बैठकले खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य निकालेको भन्दै सचेत गराउने निर्णय गरेको हो ।

    ‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ,’ समिति बैठकपछि समिति सचिव दिनेश थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    अब फेरि यस्ता विज्ञप्ति निकालेमा कांग्रेस विधान र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि समिति बैठकले गरेको छ । 

     

     

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १६:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij