Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

कांग्रेसमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

कांग्रेसमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, ७ दिने स्पष्टीकरण सोध्ने निर्णय


  • 666
    Shares

    कांग्रेसमा अन्तर्घात गर्ने ५०७ जनाविरुद्ध उजुरी, ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने ५०७ जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। 

    समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा बुधबार पार्टी कार्यालयमा बसेको बैठकले अनुशासन उल्लंघन गर्नेहरूमाथि छानबिन अघि बढाउँदै सफाइ पेस गर्न निर्देशन दिएको हो।

    बैठकपछि समितिका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेको भन्दै विभिन्न जिल्ला र उम्मेदवारहरूबाट हालसम्म ५०७ जनाविरुद्ध उजुरी परेको छ। 

    चुनावमा पार्टीको पक्षमा भोट नमागी ‘साइलेन्स किलिङ’ गर्ने र कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि भएर पनि प्रतिनिधिसभा निर्वाचनमा विपक्षीलाई सहयोग गर्नेहरूमाथि पनि समितिले छानबिन थालेको छ। आरोप लागेका व्यक्तिहरूलाई ७ दिनभित्र आफ्नो स्पष्टीकरण पेस गर्न समितिले निर्देशन दिएको छ । 

    आगामी दिनमा यस्तो गलत गतिविधि गर्ने जोकोहीलाई पनि पार्टी विधान र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी कांग्रेसले दिएको छ।    

     

     

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १६:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij