Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

भदौ २४ गतेको घटना: काठमाडौं उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता, १९१ जना थुनामा

भदौ २४ गतेको घटना: काठमाडौं उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता, १९१ जना थुनामा


  • 505
    Shares

    भदौ २४ गतेको घटना: काठमाडौं उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता, १९१ जना थुनामा

    काठमाडौं । जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते भएको विध्वंससँग जोडिएका विभिन्न कसुरहरूमा काठमाडौं उपत्यकामा ३७९ सहित देशभरि ९३३ वटा मुद्दा दर्ता गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

    विभिन्न आपराधिक घटनासँग जोडिएका ९६३ जना अभियुक्त चैत १५ गतेसम्म पक्राउ परेको र तीमध्ये १९१ जना पुर्पक्षका लागि अझै थुनामा रहेको प्रहरीले जनाएको छ। बाँकी ४७४ जना धरौटीमा छुटेका छन्।

    पक्राउ परेकामध्ये झन्डै ७०० जनालाई आपराधिक उपद्रवको कसुरमा मुद्दा लगाइएको छ भने २० जनाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको नेपाल प्रहरीका प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन्।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले भदौ २३ गतेको घटनामा कारबाही गर्न सिफारिस गरेको जनाउँदै वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएलगत्तै शनिवार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका थिए।

    उक्त छानबिन आयोगले भदौ २४ गतेको विध्वंस, आगजनी र तोडफोडबारे अलग्गै छानबिन गर्न सुझाव दिएको थियो तर कस्तो संयन्त्र बनाउने भन्नेबारे सरकार टुङ्गोमा पुग्न बाँकी नै रहेको बुझिएको छ।

    बीबीसीलाई उपलब्ध गराइएको आँकडाअनुसार आपराधिक उपद्रव शीर्षकमा ८०२ वटा मुद्दा दर्ता भएका छन्। उक्त कसुरमा प्रहरीले ६९१ जनालाई पक्राउ गरेको थियो जसमध्ये २०३ जना अभियुक्त काठमाण्डूमा पक्राउ परेका थिए।

    प्रहरीले कर्तव्य ज्यान शीर्षकमा चारवटा मुद्दा दर्ता गराइएको उल्लेख गर्दै २० जना अभियुक्त पक्राउ परेको जनाएको छ। उक्त अभियोगमा काठमाण्डूमा तीनवटा मुद्दा दर्ता गरिएको र १८ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। त्यसबाहेक धादिङमा दुई जनालाई पक्राउ गरिएको थियो र उक्त कसुरमा एउटा मुद्दा चलाइएको छ।

    images
    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - ०८:१७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij