२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट जेनजी रेड फोर्स संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले सोधपुछ गरेको छ । मंगलबार भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा बोलाएर अनुसन्धान अधिकृतहरुले सोधपुछ गरेका हुन् ।
‘नाकाबन्दी’ बारेमा तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत अनर्गल प्रचार गरेकोबारे सोधपुछ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताएका छन् ।
थापाले भने, ‘सामान्य सोधपुछ पछि उहाँलाई रिहा गरेका छौं ।’
नेकपा स्रोतका अनुसार तिमल्सिनालाई प्रहरीले कागज गराएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij