Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

जरुरी आयोजनालाई प्राथमिकता दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

जरुरी आयोजनालाई प्राथमिकता दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता


  • 281
    Shares

    • images
    जरुरी आयोजनालाई प्राथमिकता दिने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 

    मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । 

    छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली-४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए । 

    सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई विनियोजन गर्न आफूहरूले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए । 

    सांसद कोइरालाले बजेटको आकार हेरेर जरुरी योजनाहरूलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १५:१५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij