Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

गृहमन्त्री गुरुङ र सशस्त्र प्रहरी प्रमुख अर्यालबिच भेटवार्ता

गृहमन्त्री गुरुङ र सशस्त्र प्रहरी प्रमुख अर्यालबिच भेटवार्ता


  • 568
    Shares

    • images
    गृहमन्त्री गुरुङ र सशस्त्र प्रहरी प्रमुख अर्यालबिच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका प्रमुख (महानिरीक्षक) राजु अर्यालबिच मंगलबार भेटवार्ता भएको छ । 

    भेटमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी सम्बन्धी विषयमा विस्तृत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा सम्भावित विपद् जोखिम न्युनिकरण गर्न आवश्यक रणनीति, स्रोत व्यवस्थापन तथा समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्ने विषयमा जोड दिइएको थियो । 

    साथै, सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती (बोर्डर पेट्रोलिङ) कडा बनाउने निर्णय गरिएको छ । तस्करी नियन्त्रणका लागि गृहमन्त्रीले सम्बन्धित निकायलाई  निर्देशन दिइएको जानकारीसमेत गराइएको छ ।  

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १४:४२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij