Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित


  • 477
    Shares

    • images
    पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं । कास्कीको लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

    सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । पूर्वमन्त्री गुप्ताका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित गरेका हुन् ।

    विशेष अदालतले लिची बगान घुस प्रकरणमा मुछिएका गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर उनी सर्वोच्च अदालतमा पुगेका हुन् ।

    गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र तत्कालीन मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा लगाउमा राखेर सुनुवाइ हुँदैछ ।

    श्रेष्ठ र अधिकारीलाई विशेष अदालतले जनही पाँच लाख धरौटीमा छाड्ने आदेश दिएपछि सो आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेरितको आदेश बदरको माग गर्दै सर्वोच्च पुगेको थियो ।

    तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपियाँ घुस लिएको प्रमाण फेला परेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।  

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १३:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij