Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ


  • 309
    Shares

    • images
    लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

    काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका-५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका-७ बरगाछीबाट दुई र बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र छ हजार ७५० नगदसहित पक्राउ गरिएको हो ।

    त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारबाट एक, वीरगञ्ज महानगरपालिका-१६ बाट दुई जना र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको हो । उनीहरुबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने एक हजार ७०० ट्रामाडोल ट्याबलेट बरामद भएको थियो ।

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १२:३५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij